हेडलाईनसमाचारप्रदेश

रणभूमि बन्यो चितवन : प्रहरी र प्रदर्शनकारी गरि २४ बढि घाइते

प्रहार समाचार । चितवन, १९ मंसिर २०८१ बुधवार । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आज चितवन रणभूमिमा परिणत हुन पुग्यो । झडपमा आन्दोलन कारी र प्रहरी गरि २४ जना भन्दा बढि घाइते भएका छन् ।

रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीतर्फ १६ जना घाइते भएका रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । उता प्रहरी तर्फ ८ जना घाइते भएको प्रहरीको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दै निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको प्रहरीको भनाई छ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि  अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने प्रदर्शनकारी घाइतेहरुको भरतपुर सामुदायिक  अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

शान्तिपूर्ण प्रदर्शनीमा प्रहरी दमनबाट आफू सहित १६ जना घाइते भएको चितवन जिल्ला सभापति कृष्ण प्रसाद भुसालले बताए । प्रहरी दमन प्रति रास्वपाले आपत्ति जनाएको छ। 

रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको सहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मङ्गलबार काठमाडौंबाट चितवन ल्याएको थियो ।

सहारा सहकारीबाट रु १० करोड ८० लाख गोरखा मिडियामा गएको आरोप लागेपछि उहाँलाई बयानका लागि चितवन ल्याइएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button