प्रहार समाचार । काठमाडौँ, १९ मंसिर २०८१ बुधवार । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

हिंजो प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ य आज पुनः आज प्रतितोला एक सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघको अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

हिंजो छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि हिंजोको तुलनामा बढेको छ। आज चाँदीको मूल्य हिंजोको भन्दा २० रुपैयाले बढेर प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको महसंघले जनाएको छ।
























