हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण २०२४  : आज कर्णाली याक्स र काठमाडौं गुर्खाज् आमनेसामने हुँदै

प्रहार समाचार । काठमाडौँ, १९ मंसिर २०८१ बुधवार । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को पहिलो संस्करण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । हिंजो कर्णाली याक्स पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। काठमाडौं गुर्खाज्  चितवन राइनोजसँग पराजित भएको थियो।

आज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछ।

बिहान सवा ९ बजे कर्णाली याक्स र काठमाडौं गुर्खाज् आमनेसामने हुँदैछन् भने दिउँसो सवा १ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्ससँग खेल्दैछ।

कर्णाली र काठमाडौंले प्रतियोगिताको दोस्रो खेल खेल्दैछन्। विराटनगरले तेस्रो र लुम्बिनी लायन्स पहिलो खेल खेल्दैछ। खेल हेर्न त्रिवि क्रिकेट मैदान दर्शक तथा समर्थकले खचाखच भरिएको छ । खेलमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाएका छन्।


१६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button