हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्यमनोरञ्जनखेलकुद

आज ३३ औं  अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रहार समाचार । तनहुँ, १८ मंसिर २०८१ मङ्गलवार । आज ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् १९९२ बाट हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउने घोषणा गरेको थियो।

राष्ट्रसङ्घले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ।
नेपालमा पनि सोही नारा बमोजिम देशका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।

यसै बिच व्यास नगरपालिकाको आयोजनामा अपाङ्ग दिवसको अवसरमा आज अनसन चौतारीबाट प्लेकार्ड सहित ऱ्याली गर्ने तथा अपाङ्गता भएका विद्यार्थीहरू बीच  व्यास नगर स्तरीय विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।  

उक्त प्रतियोगितामा बुद्ध दाहाल प्राथमिक विद्यालय, जनसेवा प्राथमिक विद्यालय, सिन्धु प्रथामिक विद्यालय, महेन्द्र ज्योति मावि, चण्डीदेवी राष्ट्रिय मावि, सिद्ध बेनी माविका विद्यार्थीहरूको सहभागीता रहने छ। बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरू बीच दौड प्रतियोगिता , दृष्टिविहीन विद्यार्थीहरू बीच गीत प्रतियोगिता , बौद्धिक अपाङ्ग विद्यार्थीहरू बीच बेलुन फुटाई प्रतियोगिता  सञ्चालन हुने व्यास नगरपालिकाका शिक्षा शाखाका उपसचिव केदारराज आचार्यले जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button