हेडलाईनसमाचारप्रदेश

स्थातिय तह निर्वाचन २०८१ को अन्तिम परिणाम  : धेरै स्थानमा नेपाली कांग्रेसको जित, माओवादी दोस्रो , एमाले तेस्रो

प्रहार समाचार । काठमाडौँ, १८ मंसिर २०८१ मङ्गलवार । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएसङ्गै नेपाली कांग्रेसले धेरै स्थानमा जित हाँसिल गरेको छ भने नेकपा ( माओवादी ) दोस्रो र नेकप ( एमाले ) तेस्रो भएको छ।

निर्वाचन आयोगले हिंजो मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो । आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो भने त्यसअघि नै ३ पदमा उम्मेदवारहरू सर्वसम्मत भएका थिए । जसमा दुई जना जिल्ला समन्वय समितिका प्रमुख रहेका छन् भने एक जना वडाध्यक्ष रहेका छन् । यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको हो । 

आयोगका अनुसार नेपाली कांग्रेसले एक नगरपालिकाको मेयर र १६ वडामा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाको उपाध्यक्ष एक नगरपालिकाको उपमेयर र ७ वटा वडा (सर्वसम्मतसहित) मा जित हात पारेको छ ।

यस्तै  नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजय हासिल गरेको आयोगले जनाएको छ । 

यस्तै जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजयी हासिल गरेका छन्


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button