हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को पहिलो संस्करण : जनकपुर बोल्ट्स ४ अङ्क बटुलेर  शिर्षस्थानमा

प्रहार समाचार । काठमाडौँ, १७ मंसिर २०८१ सोमवार । नेपालमा पहिलोपटक भएको   नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को  आयोजनामा शनिवारबाट सुरु भएको खेलमा ३ वटा म्याच भइसकेका छन्। आज सम्पन्न खेलमा जनकपुर बोल्टले २ वटा खेलमा दुबै खेल जितेर ४ अङ्क बटुली शिर्ष स्थानमा रहेको छ। चितवन राइनोजले एक म्याच जितेर दुई प्वाइन्ट लिएर दोस्रो स्थानमा छ। काठमाडौं गुर्खाज, विराटनगर किङ्स र कर्णाली याक्सले आफ्नो एक एक म्याच खेलेर एक एक म्याच गुमाएका छन् । लुम्बिनि लायन्स ,सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्न बाँकी रहेको छ।


हाल सम्म तीन म्याच भएको छ। भोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सको विचको  खेल विहान ९:१५ बजे हुने छ। त्यसैगरि भोली दिउसो १: १५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स बिच खेल हुने तालिका रहेको छ।

भारतीय क्रिकेटर शिखर धवन लगायत न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन लगायतको खेल हेर्न त्रिवि क्रिकेट मैदान दर्शक तथा समर्थकले खचाखच भरिएको छ । खेलमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाएका छन्।
१६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button