प्रहार समाचार । काठमाडौँ, १७ मंसिर २०८१ सोमवार । हिंजो भएको उप चुनावमा कीर्तिपुरको मेयर पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल बिजयी भएका छन्

डंगोल ५ हजार ३ सय ३४ मत ल्याएर बिजयी भएका हुन् । सुरु देखिनै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनलाई पछि पार्दै आएका डंगोलले ७ सय ७९ बढि मतले विजयी भए ।

डंगोलका निकटतम निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत पाएका थिए ।
























