हेडलाईनव्याससमाचारगण्डकी

प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अभियान सुरु

प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८१ सोमवार । प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अभियान सुरु भएको छ। यहि मंसिर १५ गतेदेखि पुस १ गतेसम्म नेपालभर राष्ट्रिय अभियान सुरु भएको परिषद्ले जनाएको छ।

अभियान स्वरूप परिषद्ले तनहुँको दमौलीमा रहेका कलेज तथा विद्यालयहरुमा नयाँ सदस्यता विस्तार, नविकरण तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। यसै क्रममा परिषद्का व्यास नगर सचिव आकाश बि क ले दमौली कलेज र आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरूमा परिषद्को परिचय ,आदर्श वाक्य, विद्यार्थी जीवनमा परिषद्को भूमिका लगायतका विषयहरुमा प्रशिक्षण दिएका थिए ।

परिषद्ले व्यास नगरपालिकाका सबै कलेज र विद्यालयलाई अभियानमा जोड्दै २ सय सदस्यता विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button