• सुशील बि क ( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८१ सोमवार । तनहुँको व्यास नगरपालिका वडा नं – ८ संग्रामेटारमा रहेको नयाँज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरिएको छ।

तिहारमा देउसी भैलो खेलेको रकमबाट दमौलीका सामाजिक अभियान्ता सुदिप गफ्फार सहितको समूहले विपन्न विद्यार्थीहरूलाई विद्यालय प्राङ्गढमा आज आयोजित एक कार्यक्रमका बिच स्वीटर र मोजा वितरण गरेको थियो । उनिहरुले बिपन्न २६ जना विद्यार्थीहरूलाई व्यास ८ का वडाअध्यक्ष यूवराज गुरुङ्गको प्रमुख आतिथ्यतामा स्विटर र मोजा वितरण गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण चन्द्र मिश्रले बताए ।

गफ्कार सहित साथिहरु सुन्दर प्रजापति , सुशील वि.क. ,चाङ्ग शाह ,सन्तोष गिरी मिलेर उक्त सामाजिक कार्य गरिएको र तनहुँका २ सय विद्यार्थीहरुलाई वितरण गर्ने उद्देश्य लिइएको समूहले बताएको छ।

























