प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८१ सोमवार । तनहुँको व्यास नगरपालिकाको प्रवक्तामा सुरेश थापा चयन भएका छन्।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा हालै बसेको कार्यपालिकाको बैठकले ब्यास ९ का वडा अध्यक्ष समेत रहेका थापालाई प्रवक्तामा नियुक्त गरिएको जनाइएको छ ।२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा व्यास नगरपालिका वडा नम्बर ९ बाट वडा अध्यक्षमा निर्वाचित सरल र मृत्युभासी स्वभावका इमान्दार वडा अध्यक्ष रुपमा उनि परिचित छन्।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका थापाले नगरका नीति ,निर्णय र कार्यक्रमलाई पारदर्शी बनाई नगरवासीलाई सूचना र जानकारी प्रदान गर्दै प्रवक्ताको भूमिका निर्वाह गर्ने बताएका छन् । उक्त कार्यपालिकाको बैठकले व्यास नगरपालिकाका हाल सम्मका प्रवक्ता रहेका वडा नं ६ का वडा अध्यक्ष जीवनकुमार गुरुङलाई धन्यवाद समेत दिएको छ।
























