प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८१ सोमवार । सधै जनताको सेवामा सरिक तनहुँको भानु नगरपालिका राष्ट्र सेवक कर्मचारीहरु आज आफ्नै कार्यालय परिसरको सरसफाईमा हातमा झाडु, कुचो र डस्बिन लिएर निस्किएका छन् ।

भानु नगरपालिका वडा नं १ भन्सारमा रहेको सेवा प्रवाह कार्यालयका सम्पूर्ण कर्मचारीहरु एकजुट भई कार्यालय परिसरको सरसफाईमा जुटेका हुन् ।

कार्यालय परिसरलाई सरसफाई युक्त राख्न तथा गमलाहरू राखेर चिटिक्क पार्न सरसफाई अभियानमा जुटेको नगर प्रमुख आनन्द राज त्रिपाठीले बताए ।

‘कायालय’ कार्यालय जस्तो चिटिक्क तथा सरसफाई युक्त बनाउनु पर्छ भनेर पनि यो अभियानमा जुटेको नगरपालिकाका प्रशासककीय अधिकृत कृपाहारी लौडारीले प्रहार समाचारलाई बताए ।
























