प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८१ सोमवार । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस पहिलो हुन पुगेको छ भने नेकपा (माओवादी केन्द्र ) दोस्रो र एमाले तेस्रो हुन पुगेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार नेपाली कांग्रेस १६ वडा तित्न सफल भएको छ भने माओवादी केन्द्र एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा तित्न सफल भएको छ ।
नेकपा (एमाले) ले एक अध्यक्ष, एक उपाध्यक्षसहित ५ वटा वडामा जित हात पारेको छ। जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।
























