प्रहार समाचार । चीन, १७ मंसिर २०८१ सोमवार । छिमेकी भित्र राष्ट्र चीनले संसारकै सबै भन्दा अग्लो पुल बनाएको छ।

चीनको पै फान च्याङ पुल संसारको सबैभन्दा अग्लो पुलको रूपमा स्थापित भएको छ। यसको कुल वजन ३०,००० टन छ र कुल लम्बाइ १ हजार ३ सय ४१ दशमलव ४ मिटर छ। पुलको डेकदेखि नदी सतहसम्मको ठाडो उचाइ ५ सय ६५ दशमलव ४ मिटर छ ।
जुन २ सय तले भवनको उचाइ बराबर छ।
पुल गत बिहिबारबाट सञ्चालनमा आएको छ । यसलाई विश्वमा नै सबैभन्दा उचाईमा रहेको पुलका रुपमा चिनियाँ सञ्चारमाध्यमले प्रचार गरेका छन् ।
चीनको पिपुल्स डेली अनलाइनका अनुसार एक अर्ब दुई करोड युआनको लागतमा बेइपान्जियाङ पुल निर्माण भएको हो ।
























