• विजय अधिकारी । ( संवाददाता ) । प्रहार समाचार । लमजुङ, १७ मंसिर २०८१ सोमवार । लमजुङ-बेसीशहर नगरपालिका वडा नम्बर-२ र ३मा रहेको रानिकुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा क्या.बिष्णुबहादुर कडेल सर्वसम्मत चयन भएका छन् ।

खानेपानी सस्थाको १६ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको भेलाले कडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो । उपभोक्ता समितिको उपाध्यक्षमा विमला हिमाली र लक्ष्मण अधिकारी,सचिवमा सोमबहादुर घिमिरे,सह-सचिवमा अशोक भुजेल र कोषाध्यक्षमा कान्ता घिमिरे चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा भारती वाग्ले,मिलन गुरुङ,टुकबहादुर गुरुङ,तेजबहादुर वि.क.,विरबहादुर वोहरा,शारदा अधिकारी र संझना वि.क. चयन भएका छन् ।

संस्थाका अध्यक्ष मंगलसिंह गुरुङ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिका वडा नम्बर-३,का वडा अध्यक्ष चित्रबहादुर दनाईले कार्यक्रमको उदघाटन गर्दै खानेपानीनै जीवन भएकोले यसमा कोही कसैले खेलवाड गर्न नहुनेमा जोड दिदै वडाको तर्फबाट आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

संस्थाका उपाध्यक्ष क्या.बिष्णुबहादुर कडेलले स्वागत गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष कान्ता घिमिरेले आर्थिक बर्ष २०८०/०८१ को १० लाख ३७ हजार ६ सय ६४ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेकी थिइन् । त्यस अबसरमा सल्लाहकार श्रीकान्त घिमिरे,वडा नम्बर-२,का वडा सदस्य गुमानसिङ कडेल,उपभोक्ताको प्रतिनिधित्व गर्दै लिलावती न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले अनुशासीत र उत्कृष्ट उपभोक्तामा बेसीशहर नगरपालिका वडा नम्बर २ की सरस्वती आले मगर र वडा नम्बर ३ का रामेश्वर महतोलाई नगद पुरस्कारले सम्मान गरेको उपभोक्ता गोपालप्रसाद घिमिरेले बताए ।
त्यस अबसरमा ससस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुर्य बहादुर खड्का,सृजनसिल आमा समुहको अध्यक्ष उषा घिमिरे,रानिकुवा आमा समुहको उपाध्यक्ष सावित्री बराल घिमिरे,समाज सेवि सुर्यकान्त वाग्ले,शेरबहादुर कार्की लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव सोमबहादुर घिमिरेले गरेका थिए ।
























