प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८१ सोमवार । स्थानीय तहको उपनिर्वाचन २०८१ को प्रारम्भिक मत परिणामले पुरानै पार्टी हरुले आफ्नो बरचश्व कायम गर्ने देखिएको छ।

३० जिल्लाका विभिन्न ४१ पदमा भएको उपनिर्वाचनको आज विहान ९: १५ बजे सम्मको पछिल्लो अपडेट अनुसार ३२ पदको मतगणना सकिंदा नेपाली कांग्रेसले सर्वाधिक १५ स्थानमा विजय हाँसिल गरेको छ। त्यसैगरी नेकपा एमालेले ७ ठाउँमा, माओवाडीले ५ ठाउँमा, जसपाले १ र बाँकी साना दलले १/ १ स्थानमा जितेका छन्।
अब १९ पदको मतगणना बाँकी रहेको छ। मतपरिणाम आउने क्रम जारी छ ।
पछिल्लो अपडेट :
नेपाली कांग्रेसले जितेका पालिका र वडाहरु :
हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी , भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द ,ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु गढी गाउँपालिका–६ तेतर साहु ,
राजपुर नगरपालिका–६ समसे आलम
, रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर
,ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक
,सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री
,कीर्तिपुर नगरपालिका-१ इच्छाकुमार महर्जन , डोटी पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
,लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
,दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर
, कुशे गाउँपालिका-७ खम्ब बहादुर सिंह
,गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ
,बर्दिया ठाकुरबाबा-४ अमिन थारू रहेका छन्।
एमालेले जितेका पालिका र वडाहरु :
दैलेख महाबु गाउँपलिकाकोअध्यक्ष पदमा जंगबहादुर शाही, बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष पदम सुलोचनाकुमारी भण्डारी, शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान , रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ , दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही , मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ ,सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन विजयी भएका छन् ।
माओवादीले जितेका पालिका र वडाहरु :
नुवकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे
,उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार वान्तवा,धनुषा नगरपालिका–१ मा सुनिल काफर केवट, गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर, पुथा उत्तरगंगा–२ मा जगत घर्ती विजयी भएका छन्।
जसपाले जितेका वडाहरू:
सप्तरी डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह र
डाक्नेश्वरी–४ मा देवेन्द्रप्रसाद यादव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) -काठमाडौं–१६, रोजिना श्रेष्ठ ,नेकपा एकिकृत समाजवादी: रौतहट गढीमाई–८ मा बजरंगीप्रसाद यादव ,ने म कि पा – कालिकोट तिलगुफा(४ को मा खड्कराज शाही रहेका छन् । मत गणना जारि रहेको छ।
























