प्रहार समाचार । तनहुँ , १६ मंसिर २०८१ आइतवार। तनहुँको व्यास नगरपालिका वडा नं.१,भादगाउँ निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खरसिंङ दरैलाई मातृशोक परेको छ। दरैकी आमा एवं प्रजातन्त्र सेनानी तुलसा दरैको ८१ वर्षको उमेरमा आज निधन भएको परिवारले जनाएको छ।

स्व. दरैप्रति नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति एवं व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने , गण्डकी प्रदेश सांसद एवं महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ,नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, महासमिति सदस्य डोवाटे वि.क., ने.का.गण्डकी प्रदेश सदस्य ताराप्रसाद श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
यसका साथै कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता ,अन्य राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरु लगायतले स्वर्गीय दरैप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । दरैको आजै छाब्दी घाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
























