प्रहार समाचार । तनहुँ, १६ मंसिर २०८१ आइतवार । ३७ औं विश्व एड्स दिवस (१ डिसेम्बर २०२४ ) विविध कार्यक्रमका साथ आज मनाइएको छ। यसै अवसरमा आज व्यास – ३, अनसन चौतारी , तनहुँ दमौलीमा २७ जनाको नि: शुल्क एच. आइ. भि परिक्षण गरिएको छ।

स्वास्थ्य कार्यालय तनहुँ , दमौली अस्पताल तनहुँको आयोजना र कम्युनिटी सपोर्ट ग्रुप, तनहुँ, नौलो घुम्ती नेपाल, तनहुँको सह- आयोजनामा निःशुल्क एच.आइ. भि.परीक्षण गरिएको छ। त्यस अबसरमा २७ जनाको निशुल्क एच. आइ. भि. परिक्षण गरिएको कम्यूनिटी सपोर्ट ग्रुप तनहुँकी केश ट्रयाकर केशु गुरुङले बताईन।

कार्यक्रममा विभिन्न प्लेकार्ड लिएर सचेतना कार्यक्रम गरिएको साथै एच. आइ. भि सर्ने कारण र उपनाउनु पर्ने सजगताका वारेमा प्रशिक्षण प्रदान गरिनुका साथै पुरुषहरुका लागि अस्थायी साधन कण्डम बितरण गरिएको थियो ।

यसैविच सचेतना स्वरूप आज साँझ तनहुँको दमौली स्थित अनसन चौतारी सडकमा साँझ दिपावली गरिएको थियो । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा , व्यास नगरपालिकाका उप प्रमुख ईन्दिरा दरै , जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारी , नौलो घुम्ती नेपाल तनहुँका विन्जु भट्ट, सुनिता परियार , कम्यूनिटि सपोर्ट ग्रुप तनहुँका प्रोग्राम अफिसर दुर्गा बहादुर थापा, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एस पी विरेन्द्र बहादुर शाही लगायतको उपस्थितिमा संयुक्त रूपमा दिप प्रज्वलन गरिएको थियो ।


























