हेडलाईनसमाचारप्रदेश

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि  मतदान सुरु

प्रहार समाचार । तनहुँ, १६ मंसिर २०८१ आइतवार । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि अहिले बिहान ७ बजेबाट मतदान सुरु भइरहेको छ।

१ नगर प्रमुख,  १ उपप्रमुख,  नगरपालिका २ गाउँपालिका अध्यक्ष ,४ उपाध्यक्ष र ३३ वडाध्यक्ष सहित कुल  ४१ पदका लागि मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान साँझ ५ बजेसम्म जारी रहने  यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।    

मतदान गर्न सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।     


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button