प्रहार समाचार । सिंगापुर, १५ मंसिर २०८१ शनिवार । १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जिते र इतिहास बनाएको छ।

सिंगापुरमा सन्चालन भएको उक्त प्रतियोगितामा नेपालका लागि सिनियर महिला तर्फ ६८ किलो तौल भन्दा माथि समुहमा एरिका गुरुङ्गले स्वर्ण पदक जित्न सफल भईन। त्यसैगरि महिला तर्फकै –५० किलो तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन्।
लिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बुले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको –५५ किलो तौल समुहमा रजत पदक दिलाउन सफल भइन्।
यस्तै सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै –६८ किलो तौल समुहमा आशिका राई, पुरुष तर्फको १६ बर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ –८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।
























