हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा बास्तोला

प्रहार समाचार । तनहुँ , १५ मंसिर २०८१ शनिवार । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) तनहुँको सभापतिमा विश्व बास्तोला चयन भएका छन्।

आज दमौलीमा पार्टीको जिल्ला भेलाले बास्तोलालाई अध्यक्ष पदमा सर्वसम्बत चयन गरेको हो । उनि यस अघि पार्टीको जिल्ला संयोजक थिए ।

भेलाले पार्टीको उपसभापतिमा विजयराज जोशी, सचिवमा पदमराज न्यौपाने, सहसचिवमा अनिल श्रेष्ठ र  कोषाध्यक्षमा पवित्रा पोखरेल चयन भएका छन् । यस्तै सदस्यहरूमा बासु कडारिया र मुक्तिनाथ पण्डित चयन भएका छन् ।

त्यस्तै पदेन सदस्यहरूमा क्षेत्र नम्बर २ का सभापति डा. शेष रमण न्यौपाने र क्षेत्र नम्बर १ का सभापति विष्णु पन्त चयन भएका छन् । यसअघिका क्षेत्रीय सभापति पदमराज न्यौपाने सचिव भएपछि रिक्त पदमा विष्णु पन्त तथा पार्टीका जिल्ला सहसंयोजक सूर्यमणि पौडेल गण्डकी प्रदेश समितिको सदस्य पदमा  चयन भएका पार्टीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button