हेडलाईनसमाचारगण्डकीखेलकुद

१२  लाख राशीको ३२ औं त्रिवेणि कप फुटबल प्रतियोगिता  पुस १२ बाट हुने

• विजय अधिकारी । ( संवाददाता ) लमजुङ, १५ मंसिर २०८१ शनिवार । गण्डकी प्रदेशकै प्रतिष्ठित १२ लाख राशीको ३२ औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल खेल प्रतियोगिता आगामी पुस १२ गते शुक्रबार देखि लमजुङ सदरमुकाम बेसीशहरको सहजी रंगशालामा स हुने भएको छ ।

त्रिवेणी युवा क्लबले आज बेसीशहरमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता हुने जानकारी गराएको हो।
प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाख रुपैयाँ सहित त्रिवेणी कप,स्वर्ण पदक र प्रमाणपत्र प्रदान गर्ने छ। गत वर्ष प्रथम पुरस्कार नगद ८ लाख रुपैयाँ रहेको थियो ।

द्वितीय हुने समूहलाई नगद ६ लाख रुपैयाँ र रजत पदक,सेमिफाइनल उपविजेता दुई समूहलाई नगद २-२ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए।  गत वर्ष उपविजेतालाई ४ लाख र सेमिफाइनल उपविजेता दुई समूहलाई नगद १-१ एक लाख पुरस्कार दिइएको थियो ।


सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २५–२५ हजार रुपैयाँ पुरस्कार दिइने र क्वाटरफाइनल देखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने क्लबले जनाएको छ । जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने, उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने,राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका पूर्व अध्यक्ष लोकेन्द्र गुरूङले जानकारी दिए। 

उनले भने ‘प्रतियोगितामा आमन्त्रित रूपमा ६ वटा विभागीय टिम सहित १६ टिमको सहभागिता रहने छ ।’ 
    कार्यक्रममा क्लबका पुर्व अध्यक्ष तथा   प्रदेश सभा सदस्य तथा  गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल लाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ३२ औं त्रिवेणि कप संगै क्लबको उन्नति,प्रगति र खेलको पुर्ण सफलताको शुभकामना दिएका थिए ।

प्रतियोगितामा करिब १ करोड खर्च हुने अनुमान गरेको अध्यक्ष घिमिरेले बताए ।
उनका अनुसार -त्रिवेणि कप ३२ औं बर्षमा आइपुग्दा प्रथम पुरस्कार १२ लाख पुर्याउन पाउदा खुशी लागेको र पुस १५ तथा तमु  ल्होसारको अवसरमा बेसीशहरमा त्रिवेणी साँझ कार्यक्रम समेत आयोजना गर्ने उनको भनाइ छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button