प्रहार समाचार । धादिङ, ४ मंसिर २०८१ मंगलवार । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो ।
नदीमा खसेको ट्रकबाट तीन जनाको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए । थप विवरण आउँन बाँकी रहेको छ ।
























