प्रहार समाचार । तनहुँ ५ असोज २०८१ शनिवार । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आदिकवि भानुभक्त क्याम्पसमा वृक्षारोपण उद्यान गोडमेल तथा वनस्पति नामाकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

उक्त कार्यक्रममा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष, जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष शान्तिरमण वाग्ले जिल्लाको गहना बनेको आदिकवि भानुभक्त क्याम्पसको वातावरण सफा र सुन्दर बनाउन अत्यावश्यक भएको बताउँदै क्याम्पसलाई सरकारी तथा गैर सरकारी संघसंस्थाहरूबाट पर्याप्त सहायताहरू उपलब्ध हुँदै गएकोमा खुसी गरे । उक्त अवसरमा प्रमुख अतिथि वाग्लेले क्याम्पस परिसरमा रक्त चन्दन जातको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी जनार्जन गौतम , स्वतन्त्र पार्टीका तनहुँ जिल्ला संयोजक एवं क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य विश्व बास्तोला, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्य, शिक्षा समन्वय एकाइ तनहुका प्रमुख उद्धवराज कट्टेल समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुलाई क्याम्पस प्रमुख महाप्रसाद हडखलेले स्वागत गरेका थिए भने सहभागीहरूले क्याम्पसको वनस्पति उद्यानमा रहेका बिरुवाहरूको गोडमेल तथा नामाकरणको ट्याग झुण्ड्याएका थिए ।

























