प्रहार समाचार । तनहुँ २७ भदौ २०८१ बिहिवार । तनहुँको भिमाद नगरपालिका–६ स्थित रङ्गशालानजिकै रुख काट्ने क्रममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यू हुनेमा भिमाद – ६ मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार आज सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले लागेर कुमाल घाइते हुन पुगेका थिए । उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिमाद लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।






















