हेडलाईनव्याससमाचारगण्डकीविजनेस

तनहुँको सदरमुकाम दमौलीमा तीन तारे स्तरको  ‘सिद्धार्थ होटल दमौली’  सञ्चालनमा

प्रहार समाचार । तनहुँ २७ भदौ २०८१ बिहीवार । तनहुँको सदरमुकाम दमौलीमा तीन तारे स्तरको ‘ सिद्धार्थ होटल दमौली ‘ आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ।


 

सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा दमौलीमानै सबै भन्दा ठूलो र अन्तरराष्ट्रिय स्तरको सेवा दिने होटल संञ्चालनमा आएको हो। सिद्धार्थ हस्पिटालिटी अन्तर्गत पाँच तारे स्तरमा सिद्दार्थ भिलासा , चार तारे स्तरमा सिद्दार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्रण्डका होटल सञ्चालनमा रहेका छन् । दमौलीमा सञ्चालीत सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डको  होटल रहेको एपेक्स हस्पिटालिटी लिमिटेडका कार्यकारी प्रमुख सुशिल न्यौपानेले बताए ।


व्यास नगरपालिका वडा नं  २  एपेक्स कम्प्लेक्स रहेको भवनमा नयाँ व्यवस्थापनका साथ संञ्चालीत उक्त होटलका ग्राहकले दुईवटा हलमा फिल्म हेर्न समेत पाउनेछन् । झण्डै १ अर्बको लागानी भएको यस होटेलमा ३४ कोठा , १ सय ५० जना क्षमताको एउटा दल र ४० बढि अट्ने दुई वटा हलमा ,सभा , सम्मेलन , विवाह लगायत पार्टी तथा भोज गर्न सकिने  कम्पनीका कार्यकारी प्रमुख न्यौपानेले बताए ।


नेपालको बहुचर्चित गन्तव्यहरु पोखरा र  बन्दिपुरको बीचको दमौलीमा रहेको यस होटलमा तनहुँका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरुलाई समेत स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याइएको बताइएको छ।

होटलमा अल डे डाइनिङ रेस्टुरेन्ट , बार रेष्टुरेन्ट र सिद्धार्थ क्याके रहेका छन्। होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकहरुले मनोरञ्जन र आतिथ्यता एकै स्थानमा पाउने दावी गरिएको छ। पर्यप्त सवारी साधन अट्न सक्ने गरी अन्डरग्राउण्ड पालिकङ र विद्धुतीय चार्जिङको पनि व्यवस्था रहेको छ।’ हामी पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पनि यहाँ ल्याउँछौ ‘सिद्धार्थ हस्पिटालिटीका सिइयो कृष्ण न्यौपानेले भने ।

न्यौपानेका उनका अनुसार पूर्वमा वितामोडदेखि पश्चिममा महेन्द्रवगासम्म फैलिएको सिद्धार्थ दरिपललिटीको सेवा सञ्जमा  दुई हजार भन्दा बढी जनशक्तिले प्रत्यक्ष रूपमा र दमौलीको होटलमा ४० जनाले रोजगारी पाएका छन्। होटलले अहिले खानामा २० प्रतिशत र आवासमा ३० प्रतिशत छुट प्रदान गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button