हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङ बेसीशहरको चितीमा वडा स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न  : कर्मदा स्वास्थ्य आमा समूह प्रथम

•विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ २३ भदौ २०८१ आइतवार । नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अवसरमा महिला संजाल बेसीशहर वडा नम्बर ११ चितीको आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उद्घाटन गर्दै हरितालिका तीज पर्व नेपाली नारीहरूको मौलिक संस्कार , संस्कृति , रीतिरिवाज र परम्परा रहेको ठूलो महत्व बोकेको चाड रहेको चर्चा गरे ।

वडा स्तरीय प्रतियोगितामा वडा नम्बर -११,का ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ८ टिमलाई पछाडि पार्दै बरबोटको कर्मदा स्वास्थ्य आमा समूह पवित्रा भण्डारी नेतृत्वको टोली प्रथम हुन सफल भएको थियो । प्रतियोगितामा रामचोकको समृद्ध आमा समुह सरिता श्रेष्ठ नेतृत्वको टोलि द्वितीय तथा चिती बजारको तिलाहार बजार आमा समूह गोमा वाग्ले नेतृत्वको टोलि तृतीय हुन सफल भएका थिए । प्रतियोगितामा कार्कीडाडाको शिवशक्ती आमा समूह प्रिति जोशी नेतृत्वको टोलि सान्त्वना भए ।

महिला सशक्तिकरण केन्द्रित रहेर उक्त वडा स्तरीय प्रतियोगिता भएको महिला संजालकी अध्यक्ष सपना श्रेष्ठले प्रहार समाचारलाई जानकारी दिइन्। श्रेष्ठका अनुसार – प्रतियोगितामा प्रथम, द्धितीय,तृतीय र सान्त्वना हुने टिमहरूलाई १५ हजार ५ , १० हजार ५ , ५ हजार ५ र सान्वनालाई ३ हजार ५ र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती मेयर गुमानसिंह अर्याल र विशिस्ट अथिती ने.क.पा.एमाले जिल्ला कमिटी उपसचिव राममाया रानाले पुरस्कार र प्रमाणपत्र वितरण प्रदान गरेका थिए ।

कार्यक्रममा वडा नम्बर -११,का वडा अध्यक्ष शिवप्रसाद जोशी , लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष भरत श्रेष्ठ , कोषाध्यक्ष भरत बिस्ट , ने.का.वडा सभापति रामु पन्त , ने.क.पा. एमालेका वडा कमिटी अध्यक्ष ज्ञानेन्द्र मगर, रा.प्र.पा.का वडा अध्यक्ष रामनिधी पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगिता बेसीशहर नगरपालिका वडा नम्बर -११,को महिला संजालकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संजालकी सदस्य यमकुमरी श्रेष्ठ “बर्षा” ले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण संजालकी कोषाध्यक्ष शोभा रेग्मीले गरेको बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button