हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

शिव महिमा बोलबम धार्मिक महोत्सवको तयारी शत प्रतिशत पूरा : मन्त्री पौडेलद्वारा उद्घाटन गरिने

• ध्रुवराज घिमिरे ( संवाददाता ) तनहुँ २१ साउन २०८१ सोमवार ।  तनहुँको शुक्लागण्डकी नगरपालिका २ , गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको शिव महिमा बोलबम धार्मिक महोत्सवको तयारी शत प्रविशत पूरा भएको छ । मुल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठले धार्मिक महोत्सवको तयारी शतप्रतिशत पुरा भएको बलाए ।

च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत विकास एवम् प्रर्वद्धनका लागि आयोजना आजदेखि २८ गतेसम्म सञ्चालन हुने सप्ताहाव्यापी धार्मिक महोत्सवमा कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्ने धामका अध्यक्ष हाेमनाथ लम्साल अर्जुनले जानकारी दिए । ।महोत्सवको समयमा शिव महिमा कथा वाचन, हरेक दिल साँझ महाआरती, धार्मिक गीति नाटक, भजन किर्तन लगायतका धार्मिक अनुष्ठान गरिनेछ आयोजकले जनाएको छ ।

अहिले विहान ८ बजे देखि  शुक्लागण्डकी नगरपालिका–७ दोभानदेखी बोलबम यात्रा सुरु भएको छ। यसका साथै  शुक्लागण्डकी नगरपालिकाको गेटबाट विहान १० बजे झाँकी सहितको कलशयात्रा हुने मुल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठले बताए । महोत्सवको आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्ने छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button