हेडलाईनसमाचारबागमतीमनोरञ्जन

राष्ट्रपति पौडेलद्वारा इण्डियन आइडलको  टप टेनमा पुग्न सफल गायिका मेनुकालाई सम्मान

प्रहार समाचार ।काठमाडौं , माघ २९ सोमवार। राष्ट्रपति  रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश ( टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार शीतलनिवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् । राष्ट्रपति पाैडेलले  मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले मेहनत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको समेत कामना गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button