हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

करापुटार धर्मिक तथा सांस्कृतिक महोत्सव २०८० फागुन २० बाट हुने

प्रहार समाचार । लमजुङ, माघ २९ सोमवार ।लमजुङको मध्यनेपाल नगरपालिका -७ करापुटारमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल ईशानेश्वर महादेव मन्दिर परिसरमा ‘करापुटार धार्मिक तथा सांस्कृतिक महोत्सव २०८०’ फागुन २० गते आइतवारबाट हुने  भएको छ ।

स्थानिय परम्परागत कला, सांस्कृति, रितिरिवाज , औद्योगिक व्यापार , घरेलु हस्ताकला र धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने लागिएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको आयोजनामा  महोत्सव  हुन लागेको  सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै ईशानेश्वा महादेव मन्दिर क्षेत्र विकास समितिकाअध्यक्ष रामचन्द्र  घिमिरेले पशुपतिनाथ मन्दिर पछि दोस्रो आस्थाको धरोहर यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्धन गर्न तथा आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, परम्परागत उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्वस आयोजना गर्न लागिएको बताए । उनले महोत्सवमा बर्षौ अगाडी देखि निरन्तर हुँदै आएको छेलो फाल्ने , भलिबल प्रतियोगिता तथा रक्तदान , निशुल्क भण्डारालगायतका कार्यक्रम संञ्चालन गरिने बताए । महाशिवरात्री पर्व बिचमा पर्ने भएकाले पनि महोत्सव भव्य र सभ्यरूपमा सम्पन्न हुनेमा आयोजक समिति ढुक्क रहेको बताईन्छ ।

महोत्सवमा दश लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ भने करीब ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा २० लाखको हाराहारीमा आम्दानी हुने र १५ लाख को हाराहारीमा नाफा हुने अनुमान आयोजकको छ ।

एक सय ५० स्टल हुने महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने  छ । महोत्सव प्रवेशका लागि एक सय रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि ७० रुपैयाँ टिकटदर तोकिएको छ । बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेश दिइने उनले बताए ।

महोत्सव ईशानेश्वर महादेव मन्दिर परिसरमा फागुन २९ गतेसम्म  सञ्चालन हुनेछ  । लमजुङ जिल्लाकै पवित्र र ठूलोमहत्व बोकेको ईशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दीर परिसरमा शीवरात्रीको अवसरमा धार्मिक मेला लाग्ने गर्दछ ।

शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्नेहरु मेलामा आउने गरेको मन्दिरका पुजारी गोविन्द प्रसाद सोतीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button