हेडलाईनसमाचारबागमतीखेलकुद

नेपालले क्याडनाविरूद्धको एकदिवसीय सिरिज क्लिनस्विप गर्न सफल

प्रहार समाचार । काठमाडौँ, माघ २९ सोमवार । नेपालले क्याडनाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ ।

सुरुवाती दुई खेल जितेर सिरिज जितिसकेको नेपालले सोमबार तेस्रो खेलमा क्याडनालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिन स्विप गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा नेपालले पूरा गर्‍यो ।

नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे । साहले क्यानडासँगको अघिल्लो खेलमा १९ बलमा अर्धशतक बनाउँदै नेपाली टोलीलाई विशाल लक्ष्य पछ्याउन सघाएका उनले सोमवार ५१ बलमा अर्धशतक बनाएका थिए भने ११६ बलमा शतक बनाए । अर्का ओपनर कुशल भुर्तेल ४.५ ओभरमा आउट हुन पुगे। उनले १३ रन बनाएर बोल्ड हुन पुगेका थिए । अनिल साह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४५ रन बनाए ।

त्यसपछि मैदानमा आएका भीम सार्की र अनिल साहले मिलेर स्कोरबोर्डमा तीव्र गतिमा रन बढाएर खेलेका थिए। भीम सार्कीले १२७ बलमा शतक बनाए । साहले दुई छक्का र १२ चौकासहित अविजित ११२ रन बनाएका थिए भने सार्कीले एक छक्का र ११ चौकासहित अविजित १०१ रन बनाएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button