हेडलाईनसमाचारबागमती

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आज चितवनमा

प्रहार समाचार । चितवन, माघ .२८ आईतवार ।पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज चितवन भ्रमणमा पुगेका छन् ।

पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि आज दिउँसो भरतपुर पुगेका हुन् ।

पूर्वराज परिवार बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर थुप्रै संख्यामा शुभेच्छुकहरु स्वागत गर्न भेला भएका थिए । उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता  नारा लगाएका थिए । पूर्वराज परिवार आज पटिहानीमा बास बस्ने छ ।

उनीहरु करिव दुई साता चितवनमै रहने शाहको सचिवालयले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button