हेडलाईनसमाचारगण्डकीसाहित्यशुक्लागण्डकी

शुक्ला साहित्य सङ्गमको नियमित साहित्य शृङ्खला तथा  प्रतिभा पहिचान कार्यक्रम  सम्पन्न

प्रहार समाचार । तनहुँ, माघ २८ आईतवार । तनहुँको  शुक्ला साहित्य सङ्गमको नियमित साहित्य शृङ्खला तथा  प्रतिभा पहिचान कार्यक्रम शनिवार सम्पन्न भएको छ।


शुक्लागण्डकी वडा नं ४ को समन्वयमा तथा वडा अध्यक्ष  राजकुमार वाग्ले ‘राजु’ को प्रमुख आतिथ्यमा सप्पन्न  कार्यक्रममा  वडाका सदस्यहरु मिठुमाया थापा,मिनाकुमारी रोका, संस्थापक अध्यक्ष राजन रिमाल, पूर्व अध्यक्षद्वय आनन्दसुन्दर श्रेष्ठ ,नारायण श्रेष्ठ , संस्थावडाभित्रका १६ वडा टोल विकास संस्था,१२ वटा आमा समूहहरुको सहभागिता रहेको थियो ।


साहित्य शृङ्खला पोखराका अध्यक्ष स्टभ राना, शुक्लागण्डकी युवा अभियानका अध्यक्ष शंकर पन्त, बाल प्रतिभाहरु सम्भव रिमाल,विमर्श खनाल,ससिता शर्मा,अस्मिता सुब्बा ,सगुन तिवारी ,राधिका नेपाली ,सुचना थापा,सन्दिपा रिमाल,मन्जु बि क. ,लगायतले नृत्य ,कविता तथा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु खेमराज खनाल, माधव पौडेल, मोहन अकेला, कृष्ण रेग्मी,जगन्नाथ पौडेल ,कल्पना गैह्रे,धनकुमारी श्रेष्ठ , माधव अधिकारी, समाजसेवी रघुनाथ पौडेल ,रामु लम्साल,पत्रकार राजन उपाध्याय लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमले  साहित्य ,कला र संस्कृतिको रक्षामा थोरै भएपनि टेवा पुऱ्याएको तथा सबैको हातेमाले आवश्यक रहेको शुक्ला साहित्य सङ्गमका अध्यक्ष टुका देवी पौडेल आचार्यले बताईन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button