नेपालको मध्ये भाग गण्डकी प्रदेश तनहुँ जिल्ला सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिका बैदिक सनातन धर्मको उद्गम स्थल पराशर ऋषिको तपोभुमि हो।
व्यास ऋषिको जन्म तथा चारवेद अठार पुराणको रचना भएको शुक्ला माहेन्द्री नदिको संगम रहेको ऐतिहासिक व्यास गुफा शिवपञ्चायन पावन भुमि पनि हो दमौली । २०४८ सालमा व्यास नगरपालिका स्थापना पछि विकासका विभिन्न चरण पार गर्दै आएको छ दमौलीले । संस्कृति, पर्यटन, कृषि लगायत औद्योगिक क्षेत्रको पनि उत्तिकै सम्भावना बोकेको यस नगरपालिकाको ३२ औ वर्ष सम्म पनि दिगो फोहोर मैला व्यवस्थापन सरसफाई केन्द्र सेनेटरी ल्याण्ड फिल्ड साइड वन्न नसक्नुमा हामी सबैको कमि कमजोरी हो ।
जे भयो भयो अबका दिन देखि जनप्रतिनिधि, कर्मचारी, नगरबासीहरु सबैले छुट्टा-छुट्टै डष्विनमा राखी कुहिनेको सेडुल पालोमा कुहिने फोहोर नगर पालिकाको सरसफाई साधनमा राख्ने नकुहिनेको सेडुल पालोमा नकुहिने फोहोर नगरपालिका सरसफाई साधनमा राखौ । हाम्रो सानो हेलचक्राइले गर्दा फोहोर मैला विर्सजन गर्ने ठाउ स्थायी सरसफाई केन्द्र सेनेटरी ल्याण्ड फिल्डको लागि जग्गा पाउन सकिएको छैन । त्यसकारण यहाँहरुलाई विनम्र अनुरोध छ । घर-घर टोल टोलले कुहिने फोहोर र नकुहिने फोहोर श्रोतमा नै राम्रो सँग छुट्याई दिनुहोस ।
मानवको सबै भन्दा ठुलो शत्रु रोग प्लाष्टिक हो । प्लाष्टिकले हावा पानी माटो वातावरण सबै दुषित बनाउँछ । प्लाष्टिक जन्य वस्तुको कम प्रयोग गरौ । प्लाष्टिकको झोला लाई निषेध गरौ, प्रयोग नगरौ । यस झोलाको विकल्पमा कपडाको झोला फ्राइवरको झोला हामी सबैले प्रयोग गरौ । घर-घर टोल-टोल, व्यावसायिक सटर, विद्यालय, कलेज, सरकारी कार्यालय, संघ संस्थाहरुमा अनिवार्य कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउन सबैले सुचना प्रबाह र सहयोग गरौ ।जथाभावि फोहोर नफालौँ ।
नेपालका केहि नगरपालिकाले कुहिने नकुहिने फोहोर राम्रोसँग व्यवस्थापन दिगो रुपमा गरेका छन भने धेरै नगरपालिका, गाउँपालिकाले व्यवस्थापनको खोजीमा भौतारी रहेका छन । यस्तै भौतराईमा हामी व्यासका नागरिक पनि परेका छौँ । संघिय कानुन अनुसार स्थानिय तह स्थानिय सरकार हो । स्थानिय सरकारले आफ्नो मुल भुत समस्याको पहिचान गरी प्राथमिकतालाई ध्यानमा राखी नेतृत्वको इच्छा शक्ति दृढ संकल्पका साथ अगाडी बढ्ने हो भने सरसफाई समस्या समाधान अवश्य सम्भव छ। समस्याको समाधानको गोरेटो पत्ता लगाई सबै नागरिक सँग हातेमालो गर्दै दिगो फोहोर मैला व्यवस्थापन स्थायी सरसफाई केन्द्र बनाउन सकिन्छ । कुहिने फोहोर नकुहिने फोहोर श्रोत घर-घरमा छुट्याउन विशेष ध्यान दिनु पर्दछ । नगरबासीहरुले पनि राम्रो सँग फोहोर छुट्याई पूर्णरुपमा सहयोग गरौँ ।
फोहोरको बर्गिकरण १.कुहिने फोहोर (जैविक) मा पर्ने
तरकारी, फलफुलका बोक्रा, झारपात, धुलो कसिगर, किचनका वेस्टेज बस्तु, भिजेका कागज आदी । घर भान्साबाट निष्कने फोहोरलाई उचित व्यवस्थापन गर्न कुहिने प्रकृतिको फोहोरलाई घरको छतमा कम्पोष्ट विन राख्ने छुट्याइएको कुहिने फोहोर किचनको बाल्टी/डष्टविनबाट कम्पोष्ट विनमा झोलिलो नराखी छोक्रा बोक्राहरुलाई राख्ने सुख्खा देखिएमा कहिले काहि पानी छम्कने ३/४ महिनामा कम्पोष्ट विनको तल्लो भाग खोली हेर्ने मल झरेको हुन्छ । यो कम्पोष्ट मललाई छत बरण्डा भएका कौसी खेती र फुलका गमलामा राख्ने जसले गर्दा तरकारी फुलहरु किन्न पर्दैन । पैसा मोहोरको बचत हुन्छ । अर्गानिक तरकारी उत्पादनले हाम्रो स्वास्थ्य राम्रो हुन्छ, कुहिने फोहोर आफैले व्यवस्थापन गर्दा वातावरण प्रदुषित भएन नगरपालिकाको श्रोत साधनको खर्चमा बचत हुन्छ । घरधनीले व्यवस्थापन गर्न नसकेको कुहिने फोहोरबाट नगरपालिकाले वायो ग्यास र कम्पोष्ट मल बनाउन सकिन्छ ।
२.नकुहिने फोहोर (अजैविक)
प्लाष्टिक, प्लाष्टिक बोतल, फलाम जस्ता, सिसा/चिम, सुख्या कागज, काठ, कपडा, छाला, जुत्ता, पेटी, पाइप आदि । घर भान्सा पसल, विद्यालय, संघ संस्था बाट निष्कने प्लाष्टिक, प्लाष्टिक बोतल, फलाम जस्ता, सिसा चिम, सुख्या कागज, काठ, कपडा, छाला जुत्ता, पेटी, पाइप आदीलाई छुट्याई व्यवस्थित तरिकाले राखी कवाडीलाई बिक्री गरी पैसा मोहोर आम्दानी गर्न सकिन्छ । बिक्री नभएको बाँकी सामान न.पाको सरसफाई साधनमा राखी उचित व्यवस्थापन गर्न सकिन्छ ।
नगरपालिकाले नकुहिने फोहोर सरसफाई केन्द्र लैजान्छ । त्यसरी लगि सकेपछि त्यसलाई राम्रोसँग छुट्याई प्रत्येक आइटम प्लाष्टिक, प्लाष्टिक बोतल, सिसा जस्ता, फलामका टुक्रा, कागज , कपडा, पाइप, तार, जुत्ता पेटी र अन्य सामानहरुको छुट्टा-छुटै सेड काठको फ्रेम बनाई सामान राख्न सकिन्छ । त्यसरी जम्मा भएको फोहर एक बोरा भए पछी बोरामा प्याक गरि गाडी भएपछि कवाडी वालालाई विक्री गरी मोहोर पैसा आम्दानी गर्न सकिन्छ । अनि फोहोर बाट मोहोर आम्दानी हुन्छ । कवाडी जन्य सामानहरु श्रोत घर घर बाटै व्यक्तिहरुसँग किन्न सकियो भने अझ राम्रो हुन्छ । नगन्य रुपमा रहेको वष्टेज फोहोरलाई उचित रुपमा व्यवस्थापन गर्न सहज पनि हुन्छ ।
हाम्रो शहर राम्रो शहर सफा स्वच्छ वातावरण मैत्री पर्यटकिय व्यास नगर बनाउन सकिन्छ अस्तु । ( ढुङ्गाना व्यास नगरपालिकाका वातावरण तथा सरसफाई शाखाका प्रमुख हुन् ।)


























