हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियामा नेता किम जोङको कान्छी छोरी उत्तराधिकारी !

प्रहार समाचार । काठमाडौँ, पुस २१ शनिबार । दक्षिण कोरियाको गुप्तचर एजेन्सीले उत्तर कोरियामा नेता किम जोङको कान्छी छोरी सम्भावित उत्तराधिकारी बन्ने खुलासा गरेको छ। ‍

उत्तर कोरियाले गर्ने लामो दूरीको क्षेप्यास्त्र परीक्षणदेखि विभिन्न सार्वजनिक समारोहमा समेत किम जोङ-उनसँगै देखिने बालिका किमको उत्तराधिकारी बन्न सक्ने सम्भावना रहेकोबारे । दक्षिण कोरियाली गुप्तचर एजेन्सीले त्यहाँका सांसदहरूलाई जानकारी गराएको हो।

न्युयोर्क टाइम्सका अनुसार उत्तर कोरियाले किमकी छोरीको नाम र उमेर लगायतका कुनै पनि व्यक्तिगत विवरण खुलाएको छैन। तर दक्षिण कोरियाली अधिकारीहरूले उनलाई किम जु-ए भनेर चिनाएका छन् र उनी लगभग १० वर्षकी भएको बताएको छ।अहिलेसम्म, किम जु-एलाई सबैभन्दा सम्भावित उत्तराधिकारीको रूपमा हेरिएको छ,’ दक्षिण कोरियाको मुख्य सरकारी जासूस एजेन्सी राष्ट्रिय खुफिया एजेन्सीले राष्ट्रिय सभाका सदस्य मार्फत बिहीबार जारी गरेको मूल्याङ्कनमा भनेको छ।

एजेन्सीले विधानसभाको खुफिया समितिका सदस्य युन कुन योङका प्रश्नहरूको लिखित जवाफ दिने क्रममा सो कुरा समावेश गरेको हो।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार जु-ए भन्दा सानो किमको अर्को सन्तान थियो। उनीहरूले गोप्य सूचनाको हवाला दिँदै किमको जु-ए भन्दा ठूलो छोरा पनि हुन सक्छ भनेका छन्। तर हालसम्म सार्वजनिक रूपमा देखा परेको किमको एक मात्र सन्तान जु-ए हुन्। सेतोपाटी


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button