प्रहार समाचार । तनहुँ ,पुस १८ बुधबार ।
नेत्रहिनहरुको कार्यालय सञ्चालन गर्न भवन बनाउने उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा आज बुधबार बाट श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह महायज्ञ सुरु भएको छ । नेत्रहिन सङ्घ तनहुँको आयोजना महायज्ञ सुरु भएको हो ।
महायज्ञको नेकपा माओवादी केन्द्रको नेतृ तथा नेपाल सरकारको पूर्वमन्त्री आशा कोइरालाले उद्घाटन गर्दै परोपकारी भावनाले महायज्ञको आयोजना गरिएकाले सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइन्।

त्यस अबसरमा संविधान सभा सदस्य रामचन्द्र पोखरेल , नेपाल नेत्रहिन संघका अध्यक्ष सुरेसराज न्यौपाने, शान्ति स्वरूपानन्द दामोदर बाबा, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ , नेकपाएमाले तनहुँका राजेश्वर ढकाल, रिसेडका अध्यक्ष इश्वर वास्तोला , नेपाल नेत्रहिन संघ गाडकी प्रदेशका छवी आले, विराजमान कुमाल लगायतले महायज्ञलाई सफल पार्ने सबै क्षेत्रबाट सहयोग मिल्ने विश्वास व्यक्त गरे। महायज्ञमा पण्डित परशुराम काफ्लेको संगितमय कथा वाचन रहेको छ। कार्यक्रम नेपाल नेत्रहिन संघ तनहुँका अध्यक्ष चिनबहादुर कुमालको सभापतित्वमा समान्न भाएको थियो। महायज्ञ यहि पुस २६ गतेसम्म चल्ने छ ।

आर्थिक श्रोत नभएकाले रकम सङ्कलन गर्न महायज्ञ आयोजना गरिएको सङ्घका अध्यक्ष चिनबहादुर कुमालले बताए । देशभित्र र विदेशमा बस्ने नेपालीबाट फराकिलो छाती बनाएर सहयोग जुट्ने विश्वास अध्यक्ष कुमालको विश्वास रहेको छ । नेत्र हिन संघ तनहुँलाई व्यास नगरपालिका– ५ निवासी समाजसेवी केबी गुरुङले २५ लाख रुपियाँ पर्ने ४ आना २ दामको जग्गा व्यास – ५ पाटनमा गत मङसिरमा निःशुल्क उपलब्ध गएका थिए।

सोहि स्थानमा भवन निर्माण गर्न आथिक संकलनगरि अपाङ्ग मैत्री भवन बनाइने र भवनलाई सीप मुलक तालिम केन्द्रको रूपमा सञ्चालन गर्ने उद्देश्य पनि राखिएको अध्यक्ष कुमालले प्रहार समाचारलाई बताए ।
























