प्रहार समाचार । तनहुँ, पुस १५ आईतबार । कवि नारायणी अधिकारीको पहिलो कविता संग्रह ‘व्यास वाटिका’ आईतबार एक कार्यक्रमका बीच दमौलीमा विमोचन गरिएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र अग्रज स्रष्टाहरूले कविता संग्रहको संयुक्तरुपमा विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले व्यास भूमि, आदिकवि भानुभक्त आचार्यको जन्म थलो तनहुँलाई साहित्य, भाषिक र सस्कृति रूपमा चिनाउन यस्को संरक्षणमा नगरपालिका लागि परेको चर्चा गर्दै उनले भने ‘ भाषा, संस्कृति र साहित्यको संरक्षण गर्न नगरपालिकाले प्राज्ञिक समिति गठन कार्यलाई अघि बढाएको छ’ ।

कृति माथि समीक्षात्मक टिप्पणी गर्दै टिप्पणीकार डा.यमनाथ तिमिल्सिनाले अधिकारीका कविता पढ्दा सरल तथा गहिरो अर्थ लाग्नुका साथै प्रतीक र बिम्बहरुले भरिएको धारणा राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन , गौतम , व्यासका अध्येता काशीनाथ न्यौपानेले, गण्डकी वाङमय प्रतिष्ठान तनहुँका अध्यक्ष गौकुमारी न्यौपाने, निर्वतमान अध्यक्ष एवं गितकार सागर उदास, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाट, कवि नारायणप्रसाद पोख्रेल, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायतले आ-आफ्नो मन्तव्य ब्यक्त गरेका थिए। कविता सङग्रहमा ५१ वटा समसामयिक विषयका कविता समावेश छन् ।




















