हेडलाईनसमाचारप्रदेश

जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ

प्रहार समाचार । काठमाडौँ, पुस १६ सोमबार । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान माइतीघरबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले  जानकारी दिए ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई पक्राउ गरिएको एसएसपी खत्रीले बताए । राउतसहित अन्य ५० जनालाई समेत नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान केही व्यक्ति सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलसलगायत कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button