हेडलाईनसमाचारगण्डकीम्याग्देस्वास्थ्य

विश्व युवा दिवसका अवसरमा तनहुँको म्याग्देका युवाले गरे राजमार्गको सफाई

प्रहार समाचार । तनहुँ, २७ साउन २०८३ बुधबार । विश्व युवा दिवसलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक जिम्मेवारीसँग जोड्दै तनहुँको म्याग्देमा युवाहरूले सडक सरसफाइ अभियान सञ्चालन गरेका छन्। ‘युवा शक्ति, स्वच्छ समाज, समृद्ध नेपालका लागि मूल आधार’ भन्ने नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दे गाउँसमितिको आयोजनामा आज बिहान सरसफाइ अभियान गरिएको हो।

म्याग्दे गाउँपालिका–१ गुणादीबाट सुरु भएको अभियान पृथ्वीराजमार्गको मुख्य सडक क्षेत्रसम्म सञ्चालन गरिएको थियो। अभियानमा सहभागी युवाहरूले राजमार्ग आसपास छरिएका फोहोर संकलन गर्दै सडक क्षेत्र सफा गरेका थिए। सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वच्छ वातावरण निर्माणमा युवाको भूमिका देखाउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

विश्व युवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै युवाको सक्रियता र सहभागिता प्रस्तुत गर्ने उद्देश्यले अभियान आयोजना गरिएको हो। कार्यक्रममा म्याग्देका युवा, शुभेच्छुक तथा स्थानीयको सहभागिता रहेको थियो। युवाको ऊर्जा र सक्रियतालाई सामाजिक कामसँग जोड्न सके समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने सहभागीहरूको भनाइ थियो।सरसफाइ अभियानमार्फत युवाहरूले दिवस मनाउने शैलीलाई सामाजिक सेवासँग जोड्ने सन्देश दिएका छन्। राजमार्गजस्तो सार्वजनिक तथा व्यस्त क्षेत्रमा सरसफाइसँगै वातावरण संरक्षण र सार्वजनिक स्थलप्रतिको जिम्मेवारीबोध बढाउन अभियानले योगदान पुग्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button