हेडलाईनसमाचारप्रदेशखेलकुद

क्रिकेटर सन्दीप लामिछानेलाई७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने

प्रहार समाचार । काठमाडौँ, पुस १३ शुक्रबार । नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने लाई ७ देखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने काठमाडौं जिल्ला अदालतले जनाएको छ । १८ वर्ष पुगेकी वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानूनी व्यवस्था रहेको अदालतले जनाएको छ ।

यद्यपि, सजाय निर्धारणका लागि पुस २५ गतेको मिति तोकिएको छ । निजलाई  मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३(ङ) बमोजिमको कसुरमा ७ देखि १० वर्षसम्मको सजाय गर्न सक्ने अर्थात १८ वर्ष पुगेको वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानूनी व्यवस्था रहेको छ,’ सजायमा भनिएको छ ।

क्रिकेटर लामिछाने शुक्रवार बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले यस्तो आदेश सुनाएको हो ।

लामिछानेले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए । उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेश समेत जान सक्ने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको करिब १४ महिनापछि आदेश आएको हो ।- लोकान्तर



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button