हेडलाईनव्याससमाचारगण्डकी

आत्मनिर्भर बन्न सिप सिक्दै  व्यास न. पा.१ का महिला दिदी बहिनिहरु

प्रहार समाचार । तनहुँ, मंसिर १६ शनिबार  ।
व्यास नगरपालिका वडा नम्बर १ भादगाउँ निवासी मुना दरै यतिबेला त्यत्तिकै खेर गएको समयको सदुपयोग गर्न लुगा धुने साबुन बनाउन सिक्दैछन् । ‘त्यत्तिकै समय खेर फाल्नुभन्दा  सानो तिनो सीप सिकेर केहि गरौं भन्ने हुटहुटी भएर साबुन बनाउने सिप सिक्न थालेको छु र सिकेको सीपलाई व्यवहारमा उतार्छु’ उनले भनिन् ।
उज्वल आमा समूहकी उपाध्यक्ष समेत रहेकी  देवकी श्रेष्ठ भन्छिन्- ‘कति श्रीमानको आम्दानीमा मात्र आश गर्ने ? खेर जाने समयको सदुपयोग गर्दै आत्मनिर्भर बन्न साबुन बनाउन सिक्न आएको हुँ’

साबुन बनाउने तालिमको चाँजोपाजो भने डमौली टोल विकास संस्थाका अध्यक्ष भक्त दरैले मिलाएका हुन् । दरै भन्छन् ‘महिला दिदीबहिनीहरु यतिकै बेरोजगार बसेको देख्दा दु :ख लागेर केही सिप प्रदान गरौं र आत्मनिर्भर बनाऔँ भनेर प्रशिक्षक झिकाई तीनदिने साबुन बनाउने तालिम संचालन गरेका हौं ‘।
  व्यास-१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले व्यास नगरपालिकाको वडा नम्बर १ मा धेरै महिलाहरु बेरोजगार रहेका र आगामी वर्षबाट प्रत्येक टोलका बेरोजगार महिलालाई समूह बनाएर स्वरोजगार सिप प्रदान गर्न वडाले सहयोग गर्ने बताउँछन्।

साबुन बनाउने तालिममा कसैले पनि सहयोग गरेका छैनन्। स्वयं महिला दिदीबहिनीहरुले प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ  उठाएर २६ जना बेरोजगार आमा दिदी बहिनीहरुको सक्रिय सहभागीतामा तालिम भईरहेको उज्वल आमा समुहकी सचिव राधिका खवासले बताईन । तालिममा व्यास १३ निवासी सुस्मिता थापाले प्रशिक्षण प्रदान गरेकी छन् ।  तालिमले सहभागीहरूमा उत्साह थपेको प्रशिक्षक थापा को ठम्याई छ । स्थानिय सुनिता अधिकारी, तारादेवी खाँड, शुष्मा दरै तालिमले आत्मनिर्भर बनाउन टेवा पुग्ने बताउँछन् । तालिममा प्लान स्टार सानो संसारले समन्वय गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button