हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

इसराइलले गजामा पुनः आक्रमण सुरू : १८४ जनाको मृत्यु, ५८९ जना घाइते

प्रहार समाचार । मंसिर १६ शनिबार ।
सात दिनको युद्धविरामपछि इसराइलले गजामा पुनः आक्रमण सुरू गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दोस्रो पटक थप गरिएको युद्धविरामको अवधि सकिएलगत्तै शुक्रबार गजामा इसराइलले आक्रमण सुरू गरेको हो।

गजास्थित खान युनिसको पूर्वी क्षेत्रहरूमा बमबारीको आवाजसँगै आकाशमा धुवाँको मुस्लो देखिएको रोयटर्सले उल्लेख गरेको छ।इसराइली सैनिकले पनि एक्स (ट्वीटर)मार्फत गजामा हमासलक्षित कारबाही गरिएको पुष्टि गरेको छ। उसले हमासका २ सय लडाकुलाई लक्षित गरी जल, स्थल र आकाशबाट आक्रमण गरेको बताएको छ। शुक्रबार इसराइली आक्रमणबाट गजामा १८४ जनाको मृत्यु, ५८९ जना घाइते र २० भन्दा बढी घर ध्वस्त भएको गजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

पहिलो चार दिनको युद्धविरामपछि हमासले प्रत्येक दिन १० जना बन्धक मुक्त गर्ने र इसराइलले एक दिन युद्धविराम लम्ब्याउने भनेको थियो। त्यसो नहुँदा इसराइलले आक्रमण गरेको हो। इसराइल-हमास लडाइँको ४८ दिनपछि नोभेम्बर २४ मा युद्धविराम भएको थियो।त्यसयता हमासले बन्धक बनाएका २३९ जनामध्ये १०४ बन्धक मुक्त गरेको छ। बदलामा इसराइलले आफ्नो देशमा रहेका २४० प्यालेस्टिनियन कैदीलाई जेलमुक्त गरेको छ।- सेतोपाटी



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button