हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

प्रहार समाचार । काठमाडौँ, मंसिर १२ मंगलबार ।
नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार पाँच सय रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि तीन सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो। मंगलबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार एक सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार पाँच रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

गत आइतबार छापावाला सुन १ लाख १६ हजार नौ सय रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button