हेडलाईनसमाचारबागमती

आजदेखि पुनः सञ्चालनमा आउँदै द्रुत बस सेवा :  निरन्तरता पाउनेमा शंका

प्रहार समाचार । काठमाडौँ, मंसिर १० आइतबार । काठमाडौंमा आजबाट रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा  पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडकलाई पुनः रङरोगन गरि चिटिक्क पारिएको  छ ।ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ । द्रुत बस सेवा सञ्चालनपछि सो दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ । त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ । बस सेवा सञ्चालन आएसंगै यस्ले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने प्रश्न पनि उत्तिकै रुपमा पेचिलो बनेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button