हेडलाईनसमाचारविजनेसप्रदेश

शेयर बजारमा सुधारको सङ्केत

प्रहार समाचार । काठमाडौँ, मंसिर ९ शनिबार ।
चाडपर्व पछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ । यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अङ्कको सुधार देखिएको थियो ।

सोमबार नेप्से परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको थियो ।सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखियो । मङ्गलवार परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको थियो । त्यस्तै, तेस्रो दिन बुधवार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार नौ दशमलव ८७ प्रतिशतले बढेर एक हजार आठ सय ६० दशमलव २० अङ्कमा कायम भएको छ ।


     
यो सातामा रू चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका शेयर सङ्या एक करोड ५६ लाख २८ हजार चार सय ६२ कित्ता बराबर रहेको छ । यो साताको पहिलो दिनको कारोबारपछि रू २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड तीन लाख ६० हजार कायम भएको छ । एक सातामा बजार पुँजीकरण रू १० अर्ब ३६ करोड १३ लाख ५० हजारले बढेको हो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button