प्रहार समाचार । काठमाडौँ, मंसिर ६ बुधबार ।
नेपाल समाजवादी पाटी ( नेसपा) नेकपा माओवादी केन्द्र संग एकताका लागि तयार भएको छ । केहि दिन देखिको लामो छलफल पछि नेसपाको सिंगो कमिटी एकताका लागि तयार भएको हो ।
यसअघि एकताका लागि अध्यक्ष बाबुराम भट्टराईले आनाकानी गरेको बताइएपनि अन्तिम समयमा आएर तयार भएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने निर्णय भएको पार्टीका महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार अध्यक्ष डा भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय भएको छ । यसका साथै एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महाचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहनेछन् ।
समितिले माओवादीसँग थप वार्ता गरेर एकताबारे टुंगो लाग्ने बताइएको छ । यसअघि दुबै पार्टीको वार्ता समिति तहमा एकता समायोजन समिति बनाउने सहमति बनेपछि नेसपाले पार्टीमा छलफल चलाएको थियो ।
























