व्यासगण्डकीसाहित्य

केहि मुक्तक

१)
कोहि शिखरमा चडे कोहि धुरीमा चडे!
युवा,दिल्ली जाने रेल,मजबुरीमा चडे!
गाउँ,संसानघाट जस्तै खंडहर बन्दैछ!
दरिद्रीहरु झिंगा बनेर पानीपुरीमा चडे!
२)
समयको हत्या न त कसैले गर्न सक्यो!
न त कसैले समयको जंघार तर्न सक्यो!
वे फिक्रीमा करायो स्याल हूईया काड्दै!
मतलबी सत्ता न कुनै रामले हर्न सक्यो!
३)
यो सात गते सर्पले काँचुलि फेर्ने छ!
परिणाम उसैलाई दुर्भाग्यले घेर्ने छ!
आँखा फुटेका गधा हरुको निर्णयले!
मुलुकको समृद्धि र बिकास मर्ने छ!
४)
अस्थिरताको ज्वारभाटा उठ्न थालेपछि!
जाली बेइमान र फटाहा जुटन थालेपछि!
स्वाभिमानको धरोहर लडखडाउन थाल्छ!
धैर्यता भंग हुन्छ जब,भ्रम टुट्न थालेपछि !


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button