प्रहार समाचार । तनहुँ, मंसिर ५ मंगलबार ।
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याविनेट बैठक व्यास जन्मभूमि दमौलीमा हुने भएको छ ।यहि मंसिर ८ र ९ गते दोस्रो क्याविनेट बैठक हुन लागेको आज दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । दोस्रो क्याविनेट बैठकमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध करिब १२ सयको उपस्थिति रहने लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका चिफ पिआर सुरेन्द्र पौडेलले जानकारी दिए ।
कामक्रममा द्धितिय भाईस डिष्टिक गभर्नर नारायण शर्मा, डिष्टिक गभर्नर परमेश्वर बरालले तनहुँलाई केन्द्रबिन्दु बनाएर लायन्सले काम गर्ने बताए ।दोस्रो क्याविनेट बैठकका संयोजक समेत रहेका सुरेन्द पौडेलले लायन्सवादको ५२ बर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याविनेट बैठक हुन लागेको बताए । लायन्सको नीति अनुसार कुनै पनि कार्यकाल एक वर्षको हुने र उक्त कार्यकालमा चार वटा क्याविनेट बैठक गरिने हुँदा वर्ष २०२३÷२४को दोस्रो क्याविनेट बैठक दमौलीमा गर्न लागिएको उनको भनाई छ ।
यस अघि लायन वर्ष २०१८/१९ मा गण्डकी प्रदेशका वर्तमान सांसद अशोक कुमार श्रेष्ठ गभर्नर भएको समयमा पहिलो पटक दोस्रो क्याविनेट बैठक दमौलीमा गरिएको पौडेलले जानकारी दिए । तनहुँमा रहेका लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ व्यास सिटी, लायन्स क्लव अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ सत्यवती, लायन्स क्लव अफ तनहुँ दमौली र लायन्स क्लव अफ डुम्रेको संयुक्त आयोजनामा हुन लागेका क्याविनेट बैठकले तनहुँको धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत टेवा पुग्ने बताईएको छ ।
























