प्रहार समाचार । काठमाडौँ, मंसिर ५ मंगलबार ।
लामो समय सम्म रोकिएको उखु किसानको अनुदानको रकम सरकाले पठाएको छ ।नवलपरासीका किसानहरूको अनुदान रकम पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)मा उक्त रकम पठाइएको हो।
अनुदानमध्ये केही रकम सरकारले अझै पठाउन बाँकी छ। जिल्लाका उखु किसानले अनुदानवापतको कुल १५ करोड ७३ लाख रुपैयाँ पाउन बाँकी छ। सरकारले अहिले १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गर्न पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल केशव पौडेलले जानकारी दिए।
अझै सरकारले ६१ लख ७ हजार ४४२ रुपैयाँ अनुदानवापतको रकम पठाउन बाँकी छ। सरकारको निर्णयअनुसार किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइने लेखापाल पौडेलले बताए। यो आव २०७९/०८० मा चिनी उद्योगलाई उखु उपलब्ध गराएका किसानहरूलाई वितरण गरिने रकम हो। जिल्लाका चार चिनी उद्योगले अनुदान पाउने किसानको नाम कोलेनिकामा पठाइसकेका छन्।
























