प्रहार समाचार | तनहुँ, मंसिर ५ मंगलबार ।
नेपाली कांग्रेस तनहुँले क्षेत्र नं. १ र २ मा रिक्त रहेको महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधिहरुको चुनाव मंसिर ६ गते बुधबार तोकेकोमा प्राविधिक कारण देखाई आज स्थगित गरेको छ ।
‘अधिवक्ता फडिन्द्र कोइरालालाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेकोमा निजले प्राविधिक कारण देखाई राजिनामा गर्नु भएकोले विशेष परिस्थिति उत्पन्न भएको अवस्थामा केन्द्रको निर्देशन अनुसार गरिने छ’ विज्ञप्तिमा भनिएको छ ।
पाटी सभापती जितप्रकाश आले द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ ‘मुख्य निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचन कार्यतालिका बनाउन र सहमति जुटाउ पनि थप समय आवश्यक भएकोले केन्द्रसँग समन्वय गरी जिल्ला कार्यसमितिको बैठकले निर्णय गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई पूर्व निर्वाध निर्वाचन प्रक्रिया स्थगित गरिएको छ’ ।
























