हेडलाईनसमाचारबागमती

‘देउसी भैलोले संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्या‍उँछ’-  प्रधानमन्त्री

प्रहार समाचार ।काठमाडौँ कार्तिक २७ . सोमबार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्या‍उने बताएका छन् । 

उनले सोमबार तिहारको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको महान् पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधिनता र स्वाभिमान उच्च राख्न हामीलाई ठूलो आधार प्रदान गरेको  उल्लेख गरे।

‘तिहारलगायत पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत  हुन्, यस पर्वले पारिवारिक पुनःमिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधिनता बलियो बनाउँछ।’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताको संगमस्थलका रूपमा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधार भएको प्रधानमन्त्रीको भनाई छ ।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button